आज उपचुनावको उमेदवारको अन्तिम नामावली प्रकाशन हुने

दियो पोस्ट  

काठमाडौं, कार्तिक २४ । उपचुनावको लागि आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ । गएको बिहीबार उम्मेदवारको मनोनयन दर्ता भएको थियो ।

आउँदो मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको चुनावको लागि आज उमेदवारको अन्तिम नामावली प्रकाशन हुन लागेको हो ।

उम्मेदवारीमाथि दाबी विरोध र उम्मेदवारी फिर्तालगायत प्रक्रिया पूरा गरी आइतबार अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नं २, प्रदेशसभातर्फ भक्तपुर क्षेत्र नं १ को १, दाङ निर्वाचन क्षेत्र नं ३ को २ र बागलुङ क्षेत्र नं २ को २ का लागि उपचुनाव हुँदै छ ।