अस्ट्रेलियाको क्विन्सल्याण्डमा डढेलोबाट तीनजनाको मृत्यु, हजारौँ बिस्थापित

अस्ट्रेलियाको क्विन्सल्याण्डमा  डढेलोबाट तीनजनाको मृत्यु, हजारौँ बिस्थापित

काठमाडौँ, कात्तिक २४ । अस्ट्रेलियाको क्विन्सल्याण्ड र साउथ वेल्समा लागेको डढेलोमा परि मृत्यु हुनेको संख्या तीन पुगेको छ । डढेलोबाट हजारौँ हेक्टर जंगल नष्ट भएको छ ।

डढेलोले जंगल नष्ट भएपछि ती स्थानहरुमा तापक्रम ह्वात्तैै बढेको त्यहाँका संचारमाध्यमहरुले उल्लेख गरेका छन ।

डढेलो नियन्त्रणका लागि हाल करिब १३ सय सुरक्षाकर्मी परिचालन गरिएको छ। अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले आगो नियन्त्रण गर्न सेना परिचालन गर्न सकिने बताए। जंगली क्षेत्रमा बसोवास गर्दै आएका मानिसहरु फसिरहेको र उनीहरुको उद्दारका लागि टोली परिचालन गरिएको छ। उद्दारकार्यमा स्थानीयले पनि सहयोग गरिरहेका छन्।

अधिकारीहरुले मौसमको अवस्था अझै विकराल हुन सक्ने भन्दै थप स्थानमा आगो फैलिन सक्ने बताइएको छ।

Trending News