शेयर बजार शुन्य दशमलव १८ अंकले घट्यो

शेयर बजार शुन्य दशमलव १८ अंकले घट्यो

काठमाडौं । साताको पहिलो दिनको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले घटेर बन्द भएको छ ।आइतबार ०.१८ अंकले घटेर ११३१.८० बिन्दूमा झरेको छ । आइतबार कुल १६३ वटा कम्पनीको १० लाखभन्दा बढी कित्ता शेयर ३९ करोड ३१ रुपैयाँभन्दा बढीमा किनबेच भएको छ ।

समग्र परिसूचकमा गिरावट भएको दिन सपोर्ट लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य साढे चार प्रतिशतले बढेको छ । उता, रैराङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब पाँच प्रतिशतभन्दा बढीले घटेको छ ।

Trending News