सरकारद्धारा नयाँ कर निर्धारणः कुखुरा व्यवसायीलाई राहत, सुनचाँदी व्यवसायीलाई तनाव !

सरकारद्धारा नयाँ कर निर्धारणः कुखुरा व्यवसायीलाई राहत, सुनचाँदी व्यवसायीलाई तनाव !

काठमाडौँ, कात्तिक २७ । सरकारले कुखुरा पालक किसानहरुलाई लक्षित गरि राहतको प्याकेज अगाडी ल्याएको छ । अर्थमन्त्रालयले मंगलबार कर संसोधन गरि कुखुरा पालन व्यवसायलाई लक्षित गरि भन्सारमा ५० प्रतिशत सम्म छुट दिने घोषणा गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले चार कर निर्धारण भएको चार महिना नपुग्दै करको दरमा हेरफेर गरेका हुन् । अर्थ मन्त्रालयले सुचना जारि गर्दै नयाँ कर निर्धारण गरिएको सार्वजनिक गरेको हो । विदेशबाट आयात हुने अधिकांश वस्तुहरुमा करको दर बढाइएको छ भने केही बस्तुमा भने कर घटाएको छ ।

रङ उद्योगले कच्चा पदार्थको रुपमा प्रयोग गर्ने एक्रेलिक इमल्सनमा ३० प्रतिशत भन्सार शुल्क लाग्दै आएकोमा त्यसलाई २० प्रतिशतमा झारिएको छ । स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर बनाइएको वाइन उद्योगमा लाग्दै आएको अन्तशुल्कमा ३० प्रतिशत छुट दिने निर्णय समेत सरकारले गरेको छ ।

विदेशबाट नेपाल भित्रने विशेषतः विलासीका बस्तुहरुमा सरकारले करको दर बढाएको छ । विदेशी कफीमा १० प्रतिशत अन्तशुल्क लाग्ने भएको छ । त्यस्तै कपालमा प्रयोग हुने कस्मेटिक बस्तुहरुमा पनि सरकारले अन्तशुल्क बढाएको छ । यसअघि ५ प्रतिशत मात्र अन्तशुल्क तिर्नुपर्ने कस्मेटिक सामाग्रीहरुमा अब १० प्रतिशत तिर्नुपर्ने भएको छ । यससंगै कस्मेटिक सामानहरुको मुल्य आकासिने देखिएको छ ।

त्यस्तै स्वदेशी वाइन उत्पादनहरुलाई ३० प्रतिशत सम्म छुट दिने सरकारले निर्णय गरेको छ । सरकारले विदेशबाट व्यापारिक प्रयोजनका लागि ल्याइने सुनचाँदीको समेत अन्तशुल्क बढाएको छ । सुन प्रति १० ग्राममा पाँच हजारको सट्टा ६ हजार पाँच सय अन्तशुल्क लगाउने भएको छ । त्यस्तै चाँदी प्रति दश ग्रााममा ७५ रुपैयाँमा अन्तशुल्क लाग्ने भएको छ । यस अघि चाँदी प्रति दश ग्राममा ५७ रुपैयाँ अन्तशुल्क लाग्दथ्यो ।

सरकारले विदेशबाट आउने सामानको अन्तशुल्क बढाएपछि यसको मुख्य शिकार वैदेशिक रोजगारीबाट फर्केने नेपालीहरु हुने देखिएको छ । आर्थिक बर्षको बिचमा करको संसोधन गरिएको भन्दै देशमा आर्थिक संकट उत्पन्न हुने अर्थविदको भनाई रहेको छ । सामान्यतया एक एक बर्षमा बजेट भाषणको समयमा करको दर हेरफेर गर्नुपर्नेमा अर्थमन्त्रीले आर्थिक बर्षको बिचमा कर हेरफेर गरेको भन्दै आर्थिक क्षेत्रका विज्ञहरुले विरोध जनाइरहेका छन् ।

Trending News