नेपाली यू–१९ महिला टोली मलेसियासंग ५ विकेटले पराजित

नेपाली यू–१९ महिला टोली मलेसियासंग ५ विकेटले पराजित

काठमाडौँ, कात्तिक २९ । नेपाली महिला टोली मलेसियासँग पराजित भएको छ । चिनकोे सांघाईमा जारी बि एण्ड आर टि–२० कपमा नेपाली यु–१९ महिला टोली मलेसियासँग ५ विकेटले पराजित भएको हो ।

निर्धारित २० ओभरमा नेपालले ४ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो । नेपालका लागि राजमती ऐरिले सर्वाधिक ३७ रन बनाउन सफल भइन् । त्यस्तै कविता कुँवरले १९, लक्ष्मी साउदले १९, डलि भट्टले १३ रन बनाउँदा अन्य खेलाडीले निकै कमजोर प्रदर्शन गरे ।

जवाफी ब्याटिङमा आएको मलेसियाले २० औँ ओभरमा ५ विकेट गुमाउँदैै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि कृतिका मरासिनी, कविता कुवर, लक्ष्मी साउद, इश्वरी बिस्टले समान १÷१ विकेट लिएका थिए ्र

यससँगै नेपालले चार खेलमा दुर्ई जित र दुई हार ब्यहोरेको छ । थाइल्यान्ड बिरुद्धको पहिलो खेलमा नेपाली महिला टोली २९ रनले पराजित भएको थियो भने दोश्रो खेलमा चिनलाइ ८ विकेटले पराजित गरेको थियो । त्यसैगरी, तेश्रो खेलमा म्यानमारलाइ ३५ रनले पराजित गरेको थियो ।

Trending News