पुँजीबजारमा शुन्य दशमलव ७९ अंकको झिनो सुधार

पुँजीबजारमा शुन्य दशमलव ७९ अंकको झिनो सुधार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से ०.७९ अंकले बढेर ११३५.९५ बिन्दुमा पुगेको छ ।

कुल १६३ वटा कम्पनीको ८ लाख ३३ हजारभन्दा बढी कित्ता शेयर २२ करोड ८३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज कारोबार रकम अघिल्लो दिनभन्दा कम हो । आज कारोबारमा आएका समूहमध्ये होटल, विकास बैंक, अन्य र लघुवित्त समूहबाहेक बाँकी सबै समूह बढेका छन् ।

शुक्रबार एनएमबी बैंकको शेयर कारोबार सबैभन्दा धेरै अर्थात ४ करोड २९ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ । ३५ प्रतिशत लाभांश घोषणा गरेपछि यस बैंकको शेयरप्रति लगानीकर्ता आकर्षित भएका छन् । एनएमबि बैंकको कारोबार उच्च हुँदै आएको छ ।

Trending News