फेरि घट्यो शेयर बजार

फेरि घट्यो शेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको पहिलो दिन आइतबार पुनः घटेको छ । अघिल्लो साता झिनो अंकले बढेर बन्द भएको नेप्से आज ४।५९ अंकले घटेर ११३१।३६ बिन्दुमा झरेको छ ।

कुल १६३ वटा कम्पनीको ११ लाख ६७ हजारभन्दा बढी कित्ता शेयर ३५ करोड ५१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । परिसूचक घटे पनि आज कारोबार रकम र संख्या भने अघिल्लो दिनभन्दा बढेको छ ।

आज कारोबारमा आएका समूहमध्ये अन्य र व्यापार समूहबाहेक बाँकी सबै समूह घटेका छन् । आज शिवम् सिमेन्टको कारोबार सबैभन्दा धेरै अर्थात ४ करोड ४३ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ ।

Trending News