टि–१० मा पारस र सन्दीपको टिमले आज खेल्दै

टि–१० मा पारस र सन्दीपको टिमले आज खेल्दै

काठमाडौँ, मंसिर १ । युएईमा जारी टी १० क्रिकेटमा आज नेपालका पूर्व कप्तान पारस खड्का र लेगस्पिनर सन्दीप लामिछाने आवद्ध टिमले दोस्रो खेल खेल्दै छन् ।

दुवै टिममा पारस र सन्दीप टिममा पर्ने सम्भावना रहेको छ । पारस र सन्दीपको टिम फरक फरक समूहमा भएकाले समूह चरणमा भने भेट हुने छैन् । नेपाली समय अुनसार पारसको टिम अबुधावीले नर्थन वारियर्ससँग अपरान्ह सवा पाँच बजे खेल्ने छ ।

पहिलो खेलमा टिम अबुधावीले ‘ड्र’ खेलेको थियो । उक्त खेलमा पारसले नट आउट ३ रन बनाएका थिए । उनको टिम क्वालन्दर्ससँग बराबरीमा रोकिएको हो ।

यस्तै लेगस्पिनर सन्दीपको टिम कर्नाटका टसकर्सले पहिलो खेलमा १९ रनको जीत हात पारेको थियो । उक्त खेलमा सन्दीपले १९ रन खर्चिएर १ विकेट हात पारेका थिए ।

सन्दीपको टिम कर्नाटकाले आज नेपाली समय अनुसार राति साढे सात बजे बांग्ला टाइगरसँग खेल्ने छ ।

Trending News