
काठमाडौँ, मंसिर २ । ठमेलको चर्चित नाइट क्लव एलओडी( लर्ड अफ द ड्रिंक्स) मा अकास्मात पुर्वराजा ज्ञानेन्द्र शाह पुगेका छन् । शनिबार साँझ आफ्नी बुहारी सँगै पुर्वराजा शाह क्लव पुगेर युवाहरुलाई सरप्राइज दिएका हुन् ।
युवाहरुको भिडको बिचमा पुर्वराजा पुग्दा त्यहाँ उपस्थित सबैजना आश्चर्यचकित भएका थिए ।
जब रातो र चन्द्र सुर्य गीत सँगै पुर्वराजा शाहले पनि हात हल्लाउँदै नाच्न थाले तव युवाहरु उत्साहित बने ।
पुर्वराजा र हिमानीसँग त्यहाँ उपस्थित भएका युवाहरुले फोटो समेत खिचाएका छन् । शनिबार उक्त नाइट क्लवमा चर्चित नायिका केकी अधिकारी र रिमा विश्वकर्मा लगायत अन्य कलाकारहरु समेत उपस्थित थिए । उनिहरुले पनि पुर्वराजासँग फोटो खिचाएका छन् ।
फोटोमा हेरौँ













सबै फोटोः क्लव एलओडीको फेसबुक पेजबाट