काठमाडौं, ८ मंसिर । सत्तारुढ दल समाजवादी पार्टी नेपालले तत्काल सरकार नछाड्ने निर्णय गरेको छ । शनिबार रातीसम्म बसेको बैठकले सरकारसँग वार्ता गर्नका लागि समिति गठन गरेको छ ।
बैठकले चार बुँधे निर्णय गरेको छ । जसमा प्रधानमन्त्रीले सत्ता साझेदार दल समाजवादी पार्टीलाई कुनै परामर्श नै नगरी मन्त्रिमण्डल पुनर्गठन गरी राजनीतिक मुल्य मान्यता र संस्कृति प्रतिकुल गएको भन्दै असहमति प्रकट गरिएको छ ।
‘असहमत भएका विषय र हाम्रो पार्टीसँग भएको दुई बुँदे सहमतिको कार्यान्वयनका सन्दर्भमा सरकार र सरकारसम्बद्ध पार्टी नेकपासँग वार्ता समिति गठन गरेका छौँ,’ निर्णयमा भनिएको छ ।
वार्ता समितिमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, बरिष्ठ नेता अशोक कुमार राई र सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ रहेका छन् ।