८ किलो सुनसहित दुई चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

८ किलो सुनसहित दुई चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

काठमाठडौं, मंसिर १३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन । नियमित जाँचका क्रममा उनीहरु समातिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ पक्राउ परेका हुन् ।
उनीहरु हङकङबाट नपाल एयरलाइन्सको विमानमा काठमाडौं आएका विमानस्थल प्रहरीका प्रमुख डीआईजी सूर्य उपाध्यायले बताए । थप अनुसन्धान भैरहेको उपााध्यायको भनाई छ ।

Trending News