
काठमाडौं । लिओनल मेसीको पेनाल्टीको सहयोगले ३४ मिनेटमा अर्जेन्टिनाले गोलको अग्रता लिएको छ ।
अल्भारेजलाई डिबक्सभित्र लडाएपछि प्राप्त पेनाल्टीमा मेसीले गोल गरेका हुन्।
मेसी विश्वकपमा अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी बन्न पुगेका छन् ।
उनले बाटिस्टुटाको विश्वकपमा १० गोल गर्ने कीर्तिमानलाई पछाडि छोडेका छन्।