काठमाडौं । मोरक्कोलाई हराउँदै क्रोएसिया कतार विश्वकप फुटबलमा तेस्रो भएको छ । कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा शनिबार राति तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २–१ गोलअन्तरले हराएको हो ।
सन् २०१८ को विश्वकपमा क्रोएसिया उपविजेता बनेको थियो। क्रोएसियाको लागि जोस्को ग्वार्डियोल र मिस्लाभ ओर्सिकले गोल गरे। मोरक्कोको लागि अचरफ दारीले गोल फर्काए।
सातौं मिनेटमा ग्वार्डियोलले हेडर गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए। त्यसको २ मिनेटमै नै दारीले गोल गर्दै खेल बराबरीमा पुर्याए । यो दारीको पहिलो अन्तर्राष्ट्रिय गोल हो।
ओर्सिकले ४२ औं मिनेटमा गोल गर्दै क्रोएसियालाई २-१ अघि बढाए । अन्तिम सेकेन्डमा मोरक्कोले बराबरी गोल गर्ने मौका गुमाएको थियो । विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच भोलि आइतबार प्रतिस्पर्धा हुँदैछ ।
ग्रुप स्टेज
२३ नोभेम्बर
मोरोक्को-०
क्रोएसिया-०
२७ नोभेम्बर
क्रोएसिया-४
क्यानेडा-०
१ डिसेम्बर
क्रोएसिया-०
बेल्जियम-०
राउण्ड अफ १६
५ डिसेम्बर
जापन-१ (१)
क्रोएसिया-१ (३)
क्वाटर फाइनल
९ डिसेम्बर
क्रोएसिया-१(४)
ब्राजिल-१ (२)
सेमिफाइनल
१४ डिसेम्बर
अर्जेन्टिना-३
क्रोएसिया-०
फाइनल
१७ डिसेम्बर
मोरोक्को-१
क्रोएसिया-२