
LUSAIL CITY, QATAR - DECEMBER 18: Lionel Messi of Argentina lifts the FIFA World Cup Qatar 2022 Winner's Trophy after the FIFA World Cup Qatar 2022 Final match between Argentina and France at Lusail Stadium on December 18, 2022 in Lusail City, Qatar. (Photo by Shaun Botterill - FIFA/FIFA via Getty Images)
काठमाडौं । ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप उपाधि जितेको छ। लिओनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले कतारमा जारी २२ औं विश्वकपको उपाधि जितेको हो।
फ्रान्सलाई ४-२ गोल अन्तरमा हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो।
खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि १(१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो।
अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको हो। अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि थियो।
फ्रान्स भने लगातार दोस्रो पटक उपाधि जित्न बन्चित बनेको छ। फ्रान्सले यसअघि सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो।