
LUSAIL CITY, QATAR - DECEMBER 18: Lionel Messi of Argentina kisses the FIFA World Cup Trophy during the FIFA World Cup Qatar 2022 Final match between Argentina and France at Lusail Stadium on December 18, 2022 in Lusail City, Qatar. (Photo by Matthew Ashton - AMA/Getty Images)
एजेन्सी । कतारको लुसैल रङ्गशालामा आइतवार लियोनेल मेस्सी सबैको आकर्षणको केन्द्रमा थिए। आफ्नो लोभलाग्दो खेलजीवनमा पाउन नसकिरहेको एउटा उपाधि अन्ततः उनले त्यहाँ हात पारे। परम्परागत अरबी पहिरनमा यी ३५ वर्षीय आर्जेन्टिनी नायकले आफ्नो खेलजीवनमा निकै प्रतीक्षा गरिएको विश्वकप उचाल्नुअघि आफ्ना हत्केला रगडे।

आतसबाजी भइरहेको बेला उनले विश्वकप उचालेर हर्षोल्लास मनाए। मेस्सीले आफ्नो सपना पूरा गरे। धेरैले विश्वकप इतिहासमै हालसम्मकै उत्कृष्ट भनिरहेको फाइनलमा उनले कपहरूको सङ्कलनमा रहेको अभावलाई पूर्ति गरे। सातवटा बलोन डी’ओर, चारवटा च्याम्पीअन्स लीग, एउटा कोपा अमेरिका, स्पेनी क्लब बार्सिनोलाबाट १० वटा ला लिगा र पीएसजीबाट फ्रान्सेली लीगको उपाधिसँगै विश्वकप पनि उनको उपलब्धिको सूचीमा थपिएको छ।
महान् खेलाडी

यो उपाधिलाई मेस्सीका करोडौँ समर्थकहरूले उनी फुटबलका सर्वकालिक महान् खेलाडी हुन्न भन्ने प्रमाणका रूपमा प्रस्तुत गर्नेछन्। विश्वकपको पन्ध्र इन्च अग्लो स्वर्ण ट्रफीका कारण धेरैले मेस्सी महान् रहेको बताउनेछन्। अनि त्यस तर्कमा विमति राख्नेहरूलाई आफ्नो तर्क पेस गर्न कठिन हुनेछ। अब मेस्सीलाई पेले र आइतवार लुसैल रङ्गशालामा धेरै आर्जेन्टिनीहरूले बोकेको ब्यानरमा देखिएका अर्का खेलाडीकै पङ्क्तिमा राखिनेछ भन्नेमा कोही असहमत हुन सक्नेछैन।
म्याराडोनासँग कस्तो तुलना

प्रसिद्ध खेलाडी तथा उनका पूर्ववर्ती डिएगो म्याराडोनालाई उत्कृष्ट खेलाडीको श्रेणीमा एउटा स्वाभाविक बलियो पात्रका रूपमा हेरिन्छ। आइतवारअघिसम्म उनीहरू दुईबीच एउटा भिन्नता थियो – म्याराडोनाले ३६ वर्षअघि मेक्सिकोमा विश्वकप हात पारेका थिए तर मेस्सीले त्यसो गर्न सकेका थिएनन्। सर्वकालिक महान् खेलाडीबारेको कुराकानीमा मेस्सी सधैँ रहनेछन्। विश्वभरि खेलिने यो खेलको उच्च सम्मान हात पारेकाले यसबारेको बहसमा अब मेस्सीको उनको खेलकौशल जत्तिकै बलियो चर्चा हुनेछ।
यो सामग्री बीबीसीका फिल मक्नल्टीले तयार पारेको हो ।
यो पनि