काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसको नेतृत्वमा र कसको सरकार भन्ने अन्यौल रहेको बताएका छन् ।
पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई बधाई दिन मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले गठबन्धनले मात्र सरकार गठन गर्न नसक्ने अवस्था रहेको बताए ।
हिजो चार वटा रहेको राष्ट्रिय पार्टीको संख्या अहिले ७ पुगेको भन्दै उनले भने, ‘परिणाम के. भइरहेको छ भने सरकार गठनबारे बोल्नसक्ने अवस्था पनि कसैको छैन ।’
उनले अघि भने, ‘कस्तो सरकार बन्छ ? कसको नेतृत्वमा बन्छ ? कसैले भन्न सक्ने अवस्था छैन ।’
अहिलेको गठबन्धन कुनै उद्देश्यमा होइन, स्वार्थ, लेनदेन र सेटिङमा रहेको भन्दै उनले भने, यस्ता हिसाबले सरकार गठन गर्ने कुरामा एमाले असहमत छ ।’