
काठमाडौँ । ५८औँ एसियन बडीबिल्डिङ तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप-२०२६ मा नेपाली खेलाडी रिपु घर्तीले चौथो स्थान हासिल गरेकी छन् । महिला शारीरिक सुगठनतर्फ ५५ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी घर्तीले उत्कृष्ट प्रदर्शन गर्दै चौथो स्थान हासिल गरेकी हुन्।
अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै घर्तीले गरेको प्रदर्शनप्रति नेपाली खेलप्रेमीहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
उनको मेहनत र प्रतिभाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै देशको खेल क्षेत्रको गौरव बढाउन योगदान पुगेको भन्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिइएको छ।