काठमाडौं– भावि प्रधानसेनापतिको रुपमा हेरिएका अशोक सिग्देललाई हतियार माफियाहरुले अघिसारेको खुलासा भएको छ । विशेष स्रोतबाट दियोपोष्ट डटकमलाई प्राप्त जानकारी अनुसार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलमा हतियार, मेडिकल सामग्रीको ठेक्का पट्टा हत्याउँदै आएका चार जना माफियाहरुले सिग्देललाई भावि प्रधानसेनापतिको रुपमा अघि सार्दै उच्च स्तरीय लबिइङ गरेको पाईएको हो ।
हतियारको ठेक्कामा ठगि र अपराध गरेृको अभियोगमा पक्राउ परि जेल सजाय समेत भुक्तान गरि आएका शम्भु भारतीले सिग्देललाई प्रधानसेनापति बनाउन उच्च स्तिरिय लबिइङ गरेका छन । त्यस्तै गरि सेनाकै हतियारको ठेक्कामा समेत भारती पटक–पटक विवादमा आउने गरेका छन । त्यस्तै गरि महाकाल स्थित सैनिक अस्पताल भनेर ठेक्का खोलि अन्तत सपिङ कम्प्लेक्सको रुपमा संचालनमा आएको भवनमा रजाई गर्दै आएका ग्राण्डी अस्पतालका मालिक समेत रहेका विवादास्पद व्यापारी दिपक कुँवरले पनि भाविप्रधानसेनापतिको रुपमा सिग्देललाई बोकेर हिडेका छन् ।
सेना भित्र औषधि र मेडिकल सामग्रीको ठेक्कामा एकछत्र राइदाँई गर्दै आएका ठेकेदार विशाल पण्डितपनि सिग्देललाई प्रधानसेनापति बनाउन दौडधुपमा छन् । यस अघि उद्योग बाणिज्य महासंघको अध्यक्ष समेत भएका देखिने कुनै व्यापार नभएका तर सेना भित्रको ठेक्का पट्टामा मुछिइरहने पात्र चण्डीराज ढकालपनि सिग्देललाई प्रधानसेनापति बनाउन लागि परेका छन् । यि चारै जना माफियाहरुको एउटै उद्देश्य रहेको सैनिक उच्च स्रोतले जनाएको छ । त्यो उद्देश्य भनेको भावि प्रधानसेनापतिले आगामी दिनमा खरिद गर्ने ६ अर्व रुपैयाको हतियार खरिदको ठेक्कामा मिलेमतो हो ।
उच्च स्रोतका अनुसार अब हुने प्रधानसेनापति मार्फत आफु अनुकुल निर्णय गराउन सहज होस भनेर यि माफीयाहरु विभिन्न उच्च पदस्थको घरदैलोमा लागेका छन् । फलस्वरुप सिग्देल विरुद्ध विभिन्न निकायमा परेको उजुरीहरु प्रभावहिन बनेका छन् । सिग्देलको जन्म मिति र सर्टिफिकटको मिति फरक परेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मात्रै तीन वटा उजुरी परेका छन् । तर उजुरी माथि हाल सम्म कुनैपनि सुनुवाई भएको छैन् । त्यस्तै गरि संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा पनि उजुरीहरु अलपत्र अवस्थामा छन् । रक्षा सचिव र गृह सचिवकोमा पनि उजुरीहरु नपरेको होइन । तर हालसम्म ति निकायहरुपनि थाहा नपाएको नाटक गरिबसेका छन् । त्यसो त सिग्देलको हकमा हालका प्रधानसेनापति प्रभुराम शर्मा अनविज्ञ भने होइनन् ।
यस अघिका पूर्व प्रधानसेनापति पूर्णचन्द्र थापाले सिग्देल, ताराध्वज पाण्डे र हाल मिसनमा रहेका निर्मल थापाको नागरिकता र सर्टिफिकट छानविन गर्न हाल प्रधानसेनापति रहेका शर्माकै नेतृत्वमा छानविन समिति बनाएका थिए । तर शर्माले कुनै कारवाही गर्न सकेनन । उनकै निरिहताका कारण ताराध्वज पाण्डेले राजिनामा दिए । हाल मिसनमा रहेका निर्मल थापाले उन्मुक्ती पाए । सिग्देललाई भने भावि प्रधानसेनापतिकोरुपमा आईतबार मात्रै जंगी अड्डाले भावि प्रधानसेनापतिकोरुपमा सिफारिस गरेको छ । अर्को आश्चर्य के छ भने । केही दिन अघि एक दैनिक पत्रिकामा सिग्देलको नागरिकता र सर्टिफिकेट सहित समाचार बनिसकेपछि प्रकाशन हुने बेला कालो सिसामा माथि उल्लेखित हतियार माफियाहरु मध्यकै एक जना व्यक्ति उक्त पत्रिकामा पुगे र समाचार रोकियो । यो घटनाले आम सञ्चार माध्यममा समेत हतियार माफियाहरुले सेटिङ गरिसकेको देखिन्छ ।
सिग्देलद्वारा प्रधानसेनापतिलाई व्याक्मेलीङ
नागरिकता र सर्टिफिकेटमा प्रधानसेनापतिको पनि गडबढी देखिएको भन्दै सिग्देलले व्याक्मेलीङ गरेका छन । सिग्देल प्रधानसेनापति बन्ने भएपछि हालका प्रधानसेनापति प्रभुराम शर्माको नागरिकता र सर्टिफिकेटमा समस्या रहेको भन्दै “डबल टच” गर्ने गरेका छन् ।