काठमाडौं । भक्तपुरको नलिन्चोक हेलिकप्टर प्रकरणसम्बन्धी भ्रष्टाचार आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारीसँगै निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक समृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, विजय थापा, गुरुदत्त अधिकारी र एक इन्जिनियरिङ कम्पनीलाई आरोपित बनाउँदै मुद्दा दायर गरेको हो।
विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार प्रत्येक प्रतिवादीबाट १३ करोड ५७ लाख ४६ हजार २ सय १३ रुपैयाँ ७६ पैसा बराबरको बिगो दाबी गरिएको छ।