चितवन । सौराहा घुम्न आएकी एक पर्यटकको होटलको छतबाट खस्दा मृत्यु भएको छ। रत्ननगर नगरपालिका–६ स्थित होटल पार्क साइटको चौथो तलाबाट खसेर सिन्धुली कमलामाई नगरपालिका–६ की १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको हो ।
प्रहरी प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार पाख्रिन बुधबार राति करिब ११ः१० बजे होटलको छतबाट खसेर गम्भीर घाइते भएकी थिइन् । पाख्रिनलाई उपचारका लागि बकुलहर अस्पताल पुर्याइए पनि बचाउन सकिएन, डिएसपी खनालले जानकारी दिए।