लक्जरी एल्युमिनियम ढोका तथा झ्यालको नयाँ अनुभव केन्द्र ‘स्काइलाइन’ काठमाडौँमा शुभारम्भ

दियोपोस्ट संवाददाता  

काठमाडौं । हुलास एल्युमिनियमद्वारा उत्पादित ‘प्रिमियम लक्जरी’ ढोका तथा झ्याल ब्रान्ड ‘स्काइलाइन’को आधिकारिक शोरूम तथा अनुभव केन्द्र आजदेखि संचालनमा आएको छ । आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्मित स्काइलाइन उत्पादनहरूको वास्तविक अनुभव दिलाउने उद्देश्यले सुरु गरिएको हो ।

काठमाडौँको माइतीघरस्थित सेंट जेभियर्स कलेज अगाडि सञ्चालनमा ल्याइएको यो केन्द्रलाई ‘एक्सपिरियन्स सेन्टर’का रूपमा विकसित गरिएको हुलासका ब्राण्ड म्यानेजर निर्मल कार्कीले जानकारी दिए ।

म्यानेजर कार्कीका अनुसार प्रिमियम एल्युमिनियमबाट बनेको ढोका तथा झ्यालहरु अन्तर्राष्ट्रिय मापदण्ड र आधुनिक डिजाइन अनुसार नेपालमै उत्पादन गरिएको छ ।

हुलास एल्युमिनियमले स्काइलाइनलाई ‘भ्यालु फर मनी’ ब्रान्डका रूपमा प्रस्तुत गर्दै लक्जरी सेग्मेन्टमा गुणस्तर, डिजाइन तथा टिकाउपनका दृष्टिले उत्कृष्ट रहेको उनको दाबी छ ।

कम्पनीका अनुसार स्काइलाइन ढोका तथा झ्यालहरूले अन्तर्राष्ट्रिय स्तरको प्रिमियम क्वालिटी, आधुनिक डिजाइन र टिकाउ सामग्रीको उपयोगमार्फत नेपाली बजारमा नयाँ मानक स्थापित गर्नेछन्।

स्काइलाइनको अन्तर्राष्ट्रिय स्तरको प्रिमियम एल्युमिनियम ढोका तथा झ्यालहरु लक्जरी इन्टेरियर तथा आर्किटेक्चरका लागि उपयुक्त मानिएको छ ।

उद्घाटनसँगै तीन दिने विशेष लॉन्च इभेन्ट मंसिर १८ देखि २० गतेसम्म सञ्चालन हुने बताइएको छ । यस अवधिमा आगन्तुकहरुले स्काइलाइनका उत्पादित ढोका तथा झ्याललाई नजिकबाट अवलोकन गर्न, छोएर अनुभव गर्न तथा यसको लक्जरी फिनिसिङ र प्रविधिबारे प्रत्यक्ष बुझ्न सक्ने बताइएको छ।