काठमाडौँ । आसन्न निर्वाचनका विषयमा व्यापक छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दैछ। बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपराह्न ४ बजेका लागि बोलाइएको हो।
यस बैठकमा सरकारका प्रतिनिधि, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोग तथा सुरक्षा निकायका प्रमुखहरू उपस्थित रहने बताइएको छ । प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेतृत्व तथा निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई आमन्त्रण गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गते तथा प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते हुने कार्यतालिका अघि बढिसकेको अवस्थामा बैठकले निर्वाचन तयारीको महत्वपूर्ण विषयमा सहमति बनाउने अपेक्षा गरिएको छ।