‘प्रलोपा’मा आवद्ध भएको एक हप्ता नपुग्दै लुम्विनीका नेता केसीद्वारा पार्टी परित्याग

दियोपोस्ट संवाददाता  

काठमाडौँ । प्रगातिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)मा आवद्ध भएको भनिएका पूर्व माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा लुम्विनी प्रदेशका नेता गोविन्द केसीले पार्टी छाडेको बताएका छन् । उनले प्रलोपासंग समेत बिचार र कार्यदिशा नमिलेको भन्दै प्रलोपामा नरहेको बताएका हुन् ।

प्रलोपामा समेत कुनै क्रान्तिकारी एजेण्डा नभएको भन्दै केसीले आफु कुनै पार्टीमा आवद्ध नभई स्वतन्त्र रहने बताए । ‘पछिल्लो समय कुनै पार्टीसंग देशलाई अग्रगमन तिर लैजाने एजेण्डा देखिएन । जनार्दनको पार्टीमा केही आशा लागेको थियो । तर, त्यहाँ पनि त्यस्तै गंजागोल देखेँ । त्यसैले म स्वतन्त्र रहने निर्णय गरेँ ।’

जेन-जी आन्दोलनको मर्म अनुसार कुनै पनि पार्टीले काम नगरेको उनको आरोप छ । कुनै पनि पार्टीमा नरही नागरिक समाज निर्माण गरि स्वतन्त्र नागरिकका रुपमा रहने उनले बताए ।

केसी माओवादी केन्द्र लुम्बिनी प्रदेशका प्रभावशाली नेताको रुपमा चिनिदै आएका थिए ।

सिफारिस