काठमाडौं । मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नियुक्त भएका छन् । तत्कालिन मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिन नसकी राजीनामा दिएपछि ७ राजनतिक दलको सहमतिमा यादव मुख्य मन्त्रीमा नियुक्त भएका हुन् ।
यससँगै मधेश प्रदेशले छैटौं मुख्यमन्त्री पाएको छ । मधेश प्रदेशमा यसअघि जसपा नेता लालबाबु राउत पहिलो मुख्यमन्त्री बनेका थिए । त्यसपछि क्रमशः सरोजकुमार यादव, जनमतका सतिशकुमार सिंह, लोसपाका जितेन्द्र सोनाल र एमालेका सरोज यादवले मुख्यमन्त्रीका रूपमा नेतृत्व सम्हालेका थिए ।