गोवास्थित एक नाइट क्लबमा सिलिन्डर विस्फोट, २३ जनाको मृत्यु

दियोपोस्ट संवाददाता  

काठमाडौं । भारतको गोवास्थित अरपोरा क्षेत्रको एक नाइट क्लबभित्र ग्यास सिलिन्डर विस्फोट भई भीषण आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ। शनिबार राति करिब १२ बजे सिलिन्डर विस्फोट भएको प्रहरीले जनाएको छ।

जानकारी प्राप्त भएलगत्तै गोवाका मुख्यमन्त्री प्रमोद सावन्त र स्थानीय जनप्रतिनिधिहरू घटनास्थल पुगेका थिए।

मुख्यमन्त्री सावन्तका अनुसार मृतकमध्ये तीन महिला तथा केही विदेशी पर्यटकहरू रहेका छन्। भारतीय सञ्चारमाध्यमहरूले कतिपय व्यक्तिको जलेर र कतिपय धुवाँमा निसासिएर मृत्यु भएको उल्लेख गरेका छन्।

यसैबीच, गोवा सरकारले घटनाको विस्तृत छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।