परिचयपत्र बनाउन छुटेका ‘जेन-जी’ आन्दोलनका घाइतेलाई सम्पर्कमा आउन सरकारद्वारा आग्रह

दियोपोस्ट संवाददाता  

काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा घाइते भई अझै परिचयपत्र प्राप्त गर्न बाँकी रहेका व्यक्तिलाई सरकारले सम्बन्धित कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ।

गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै परिचयपत्र लिन छुटेकाहरूले आफ्नै जिल्लाको जिल्ला प्रशासन कार्यालयमा गई आवश्यक कागजातसहित प्रक्रियामा सामेल हुन अनुरोध गरेको हो। मन्त्रालयका अनुसार हालसम्म ५३६ जना घाइतेले परिचयपत्र तयार गराइसकेका छन्।

मन्त्रालयले जिल्लास्तरमा घाइतेहरूको वर्गीकरण तीव्र रूपमा भइरहेको तथा सो विवरण स्वास्थ्य मन्त्रालयमा पठाइरहेको जानकारी पनि दिएको छ।

यसैबीच, काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रवक्ता मुक्तिराम रिजालका अनुसार काठमाडौँ जिल्ला प्रशासन कार्यालयले हालसम्म १६९ जना घाइतेको वर्गीकरण पूरा गरेको छ। तीमध्ये १५ जना अति गम्भीर, ५१ जना गम्भीर, ३६ जना मध्यम तथा ६७ जना सामान्य घाइते रहेको उनले बताए।

सिफारिस