काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजतन्त्र पुनःस्थापना र हिन्दु राष्ट्र घोषणाको मागसहित राजधानीमा वृहत् शक्ति प्रदर्शन गरेको छ। मंगलबार राजधानीमा आयोजना गरिएको प्रदर्शनमा पार्टीका नेता तथा कार्यकर्ताहरूउपस्थित भएका थिए।
र्याली पछिको सभामा पार्टीका शीर्ष नेताहरुले संवोधन गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, धवल शमशेर राणा, रबिन्द्र मिश्र लगायतका नेताहरूले सम्बोधन गरेका हुन् ।
संवोधनका क्रममा उनीहरुले राजा, राजनीतिक दल तथा जनताबीच नयाँ राजनीतिक समझदारी निर्माण गर्नुपर्ने माग राखेका छन् । यसका लागि सरकारलाई दबाब दिने उद्देश्यले राप्रपाले काठमाडौंमा यो प्रदर्शन गरेको राप्रपाले जनाएको छ।