काठमाडौं । नेकपा (एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत आज बन्द सत्र जारी छ। बन्द सत्रमा पार्टीको सांगठनिक प्रतिवेदन, राजनीतिक प्रस्ताव र नेतृत्व चयनका विषयमा छलफल भइरहेको छ।
महाधिवेशन स्थल बाहिर भने देशभरबाट आएका कार्यकर्ताको उल्लेख्य चहलपहल देखिएको छ। नारा, ब्यानर र झण्डासहित कार्यकर्ताहरू उपस्थित छन्। सुरक्षा व्यवस्था कडा बनाइएको छ भने स्वयंसेवकहरू व्यवस्थापनमा सक्रिय छन्।
महाधिवेशनले पार्टीको आगामी कार्यदिशा र नेतृत्व टुंग्याउने अपेक्षा गरिएको छ।
