राष्ट्रियसभा उम्मेदवार बन्न राष्ट्रपति पौडेलका सल्लाहकार थापाले दिए राजीनामा

दियोपोस्ट संवाददाता  

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्ने तयारीस्वरूप उनले राजीनामा दिएको बताइएको छ।

पार्टीभित्र नेता गगन थापाको पक्षमा उभिँदै आएका थापा राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्न इच्छुक भएपछि पद त्याग्न तयार भएका थिए।

थापा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा धनकुटाबाट पराजित भए पछि उनी राष्ट्रपति पौडेलका राजनीतिक सल्लाहकार नियुक्त भएका थिए।

सिफारिस