
काठमाडौँ । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल निर्वाचित भएका छन्। बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार निकटतम प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेलाई पराजित गर्दै पोखरेल विजयी भएका हुन्।
निर्वाचन आयोगका एक सदस्यका अनुसार पोखरेलले कुल १ हजार २२८ मत प्राप्त गरेका छन्।