धनगढीमा मोटरसाईकल दुर्घटना, दुई जनाको मृत्यु

diyopost.com
Diyo post   शुक्रबार, मंसिर २८, २०७५ | २०:४३:२३

 

धनगढी, २८ मङ्सिर । कैलालीमा छुट्टाछुट्टै दुर्घटनामा आज दुई जनाको मृत्यु भएको छ ।

धनगढीस्थित पुरानो सडकमा से ६ प ५७८४ नं को मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार धनगढी उपमहानरपालिका–५ शिवनगरकी ४४ वर्षीया रुमला ऐडी मृत्यु भएको प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए । छोरा मुकेशले चलाएको सो मोटरसाइकलको पाङ्ग्रामा रुमलाको सल बेरिएपछि दुर्घटना भएको हो ।

यस्तै गोदावरी नगरपालिका मगरटोलमा से १ त ९६२९ नं को ट्रयाक्टरको ठक्करबाट स्थानीयवासी आठ वर्षीय जोगी साउदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर