विश्व च्याम्पियनमा नेपालको स्वर्ण, राष्ट्रिय झण्डा ओढ्दा महेश्वरको आँखामा आँशु

Diyo post  

काठमाडौं, १ पुस । आफ्ना स्पर्धामा सहभागी १२ खेलाडीलाई पराजित गर्दै स्वर्ण जित्दा नेपालका खेलाडीको आँशु नै थामिएन ।

थाइल्याण्डमा भइरहेको १० औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपालका महेश्वर महर्जनले भारत र सिंगापुरका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका हुन् । स्वर्ण जितेपछि नेपालको राष्ट्रिय झण्डा ओढेका महर्जन खुशीले रोएका थिए ।

उनको ७५ केजी स्पर्धामा १२ जना खेलाडी सहभागी भएका थिए । महेश्वरले अन्तिम प्रतिस्पर्धामा भारत र सिंगापुरका खेलाडीलाई पराजित गर्न सफल भएका हुन् ।

नेपालभन्दा पछि पर्दा भारतीय खेलाडी दोस्रो र सिंगापुरका खेलाडी तेस्रो हुन पुगे । प्रतियोगिता पुस २ सम्म चल्नेछ ।

सम्बन्धित खबर