काठमाडौं, पुस १ । पुँजी बजारमा कारोबारको पहिलो दिन आईतबार आज सुधार भएको छ । पुँजीबजार सुधारिएसँगै विभिन्न ३ कम्पनीका लगानीकर्ताले आज १० प्रतिशत कमाएका छन् । आज मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेड, आरम्भ माईक्रोफाईनान्स वित्तिय संस्था लिमिटेड र कालिका लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले १० प्रतिशत कमाएका हुन् ।
तारागन रिजेन्सी होटलका लगानीकर्ताले पनि ९ प्रतिशत कमाएका छन् । बजार सुधारिदा पनि रैराङ हाईड्रोपावर डेभपलमेन्ट कम्पनी लिमिटेड, नेपाल हाईड्रो डेभलपर्स लिमिटेड र अरुण कावेली पावर लिमिटेडका लगानीकर्ताले झण्डै ४ प्रतिशत गुमाएका छन् ।
कुन समूहको सुधार कत्ति ?
आज उत्पादनमूलक समूहका बाहेक सबै समूहको उप–सुचक सुधारिएको छ । दिनभरको कारोबारमा सबैभन्दा बढि निर्जीवन विमाको १ सय ६७ दशमलव २१ अंकले सुधार भएको छ । यस्तै जीवन बिमाको १ सय ३३ दशमलव ३७, माईक्रोफाईनान्स समूहको ३७ दशमलव ५२, होटल समूहको ३० दशमलव ३८, बैंकिङ समूहको १७ दशमलव ७६, विकास समूहको १० दशमलव २२, जलविद्युत समूहको ४ दशमलव ६२, फाईनान्स समूहको ३ दशमलव १५ र अन्य समूहको ३ दशमलव ४१ अंकले सुधार भएको छ । उत्पादनमूलक समूहको उप–सुचक भने ८ दशमलव ४३ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
नेप्से १९ अंकले बढ्यो ।
नेप्से परिसुचक आज आईतबार झण्डै १९ अंकले बढेको छ । आज परिसुचक १८ दशमलव ८९ अंकले बढेर ११६७ दशमलव ६७ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
उत्पादनमूलक समूह बाहेक सबै समूहको उप–सुचक बढेसँगै कारोबार मापक नेप्से परिसुचक बढेको हो । उत्पादनमूलक समूहको उप–सुुचक ८ दशमलव ४३ अंकले घटेको छ । नेप्से परिसुचकसँगै कारोबार रकम पनि बढेको छ । आज ४७ करोड ४२ लाख रुपैयाँ बराबरका १४ लाख कित्ता शेयर किनबेच भएका छन् ।