२ वच्चा जन्माइसकेकी साकिराको फिटनेसका सुत्र

Diyo post  

सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकप फुटबलका दौरान एक गित बहुचर्चित बन्यो । (वाका वाका दिस टाइम फर अफ्रिका) बोलको उक्त गीतको गायिका थिइन् कोलम्म्बियन पपगायिका साकिरा । सो समयका साकिराको गायनशैलीसँगै उनको फिगरको समेत विश्वभर खुब तारिफ भयो । उक्त विश्वकपलगतै स्पेनिस फुटबलर जेराड पिकेसँग जोडी बाँधिएकी साकिरा हाल ४१ बर्ष पुगिसकिन् । दुई बच्चाकी आमा समेत बनिसकिन् । तर ८-१० बर्षअघिकी साकिरा र अहिलेकि साकिरामा केहि फरक पाइदैँन । उनी अझै सुन्दर छिन् र शतप्रतिशत फिट पनि । अब जानौ उनको फिटनेसको राज

-व्यायाम

साकिरा विहान उठ्नेबित्तिकै र बेलुका सुत्नुभन्दा अघि दैनिक ३० मिनेट व्यायाम गर्ने गर्छिन् । उनको व्यस्त सेडुल छ । कामका सिलसिलामा धेरै ठाउँ जानुपर्ने हुन्छ । यसका बाबजुत पनि उनले कामबाट फुर्सद निकालेर व्यायाम गरेकै हुन्छिन् । बच्चा जन्माएपछि पनि आफ्नो शरीरलाई पहिलेकै सेपमा ल्याउन साकिराले स्टम किक स्टप लन्ज , पुल्स एब व्यायाम , पुस अप , थे्रबन्ड चेस्ट ओपनर आदि जस्ता अभ्यास गरिन् । अनि, ६ महिनामै पुरानै अवस्थामा फर्किइन् ।
-खेलकुद

साकिरा खेलकुदलाई फिटनेसको गतिलो स्रोत मान्छिन् । टेजिस , स्क्वाइस र पेडल बोर्डिङ उनलाई मन पर्ने खेल हुन् । यी खेल उनी सधैँ खेल्ने गर्छिन् । साथै , समय मिलेसम्म ब्यालेट कम्बो किक बक्सिङ, हिपहपसमेत खेल्न रुचाउँछिन् ।
-नृत्य

नृत्यले सम्पुर्ण शारीरिक बनावटसँग सम्बन्ध राख्छ । नाच्नु पनि व्यायामकै एक पाटो भएकाले यसले शरीर सन्तुलन राख्नमा सहयोग पुप्याउँछ । यो बुझेकी साकिरा नाच्न खुब मन पराउँछिन् । फुर्सदको समयमा डान्स अभ्यास गर्छिन् । नृत्य उनको सौन्दर्य बढाउन झनै सहयोग बनेको छ । (नयाँ पत्रिका बाट)

सम्बन्धित खबर