चितवनको भतेरीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

diyopost.com
Diyo post  सोमबार, पौष ०२, २०७५ | ९:०७:२८

 

चितवन, २ पुस । नारायणगढ–मुग्लिन सडकखण्डको भतेरीमा आज बिहान ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौँबाट भारतको चेन्नाइतर्फ जान आउँदै गरेको पिएन ८८ ए २३१६ नम्बरको ट्रकले ठक्कर दिँदा अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ठक्करबाट गम्भीर घाइते ती पुरुषको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । मृतकको सनाखत हुनसकेको छैन ।

सो ट्रकलाई पछाडिबाट आउँदै गरेको ना ४ ख २७२९ नंको ट्रकले ठक्कर दिएपछि अनियन्त्रित भई पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुवै ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना आज बिहान ३ बजे भएको हो ।

सम्बन्धित खबर