जाडो मौसममा घाममा बसेर सुन्तला खानुको मज्जा नै बेग्लै हुन्छ । हिजो आज सुन्तलाको सिजन पनि हो । सुन्तला स्वादका लागि मात्र नभएर स्वास्थ्यका हिसाबले समेत राम्रो मानिन्छ ।
सुन्तलामा प्रशस्त साइड्राइट लिमोनोइड्स पाइन्छ । जसले फोक्सो, छाला, स्तन, पेट र मलासयमा हुने क्यान्सरको जोखिम कम गर्छ ।
सुन्तलामा पाइने फाइबरको मात्राले पाचन प्रणलि बलियो बनाउन मद्दत गर्छ । दैनिक खाँदा कब्जियतबाट समेत छुटकारा पाउन सकिन्छ ।
मुटुरोग पोटासियमको कमिका कारण लाग्ने गर्दछ । सुन्तलामा पाइने पोटासियम र इलेक्ट्रोलाइट मिनरलले मुटुको गतिबिधिलाई सुचारु राख्न मद्दत गर्छ । अनि मुटु स्वस्थ रहन्छ ।
सुन्तलाको बोक्रा पिधेर बनाइएको धुलो दुधपाउडर या गुलाबजलसँग मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ ।
सुन्तलाले राग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसले कालेस्ट्रोल सन्तरलनमा राख्छ । सन्तुलनले पिसाब अथवा मिर्गौलासम्बन्धी रोग निको पार्न सहयोग गर्छ । (नयाँ पत्रिकाबाट)