काठमाडौँ, पुष २ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले सानदार विजय हाँसील गरेको छ । लेभान्टेविरुद्धको खेलमा कप्तान लियोनल मेस्सीले ह्याट्रिक पुरा गरेपछि बार्सिलोना ५–० ले विजयी भएको हो ।
बार्सिलोनाको जितमा मेस्सीको ह्याट्रिकसंगै जेर्रार्ड पीके र लूइस स्वारेजले एक एक गोल गरे । खेलको ३५ औ मिनेटमा स्वारेजले उद्घाटन गरेका थिए । लगत्तै ४३ औँ मिनेटमा मेस्सीले गोल गरेपछि पहिलो हाफमा बार्सिलोनाले २–० को अन्तर बनाएको थियो ।
दोस्रो हाफको ४७ औँ मिनेटमा मेस्सीले अर्को एक गोल गपे । ६० मिनेटमा पुन एक गोल गर्दै मेस्सीले ह्याट्रिक पुरा गरे । खेलको ७६ मिनेट पुग्दा इरिक काबाकोेले रातो कार्ड खाएपछि लेभान्टे दस खेलाडीमा समेटिएको थियो । खेलको ८८ औँ मिनेटमा जेरार्ड पिकेले थप एक गोल गर्दा लेभान्टे घरेलु मैदानमा ५–० ले स्तब्ध भएको हो ।
लेभान्टेविरुद्धको ह्याट्रिकसंगै मेस्सीले जारि लालिगामा १४ गोल गरेका छन् । लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको पहिलो नम्बरमा मेस्सी छन् । आइतबार रातिको ह्याट्रिक ला लिगामा मेस्सीको ३१ औँ ह्याट्रिक हो ।
जितसंगै बार्सिलोनाले शीर्ष स्थानमा आफ्नो अग्रता कायम राखेको हो । बार्सिलोना १६ खेलबाट ३४ अंक जोडेको छ । दोस्रो स्थानको सेभियाको ३१ अंक छ । लेभान्टे २२ अंक जोडेर आठौं स्थानमा छ ।