४० हजार मूल्य बराबरको पाँच थान सालको काठ बरामद

diyopost.com
Diyo post   सोमबार, पौष ०२, २०७५ | ११:३३:४३

बाँके, पुस २ । बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियाबाट प्रहरीले गए राति अवैध काठ बरामद गरेको छ । जिल्लाको इलाका प्रहरी कार्यालय हिरमिनियाका प्रमुख प्रहरी सहायक निरीक्षक देवबहादुर केसी नेतृत्वको प्रहरी टोलीले करीब रु ४० हजार मूल्य बराबरको पाँच थान सालको काठको गोलिया बरामद गरेको हो ।

सीमावर्ती भारतीय जङ्गलबाट फडानी गरेर ल्याएको काठ प्रहरी टोली देखेपछि तस्करले काठ फालेर भागेका थिए । बरामद गरिएको काठ आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । (रासस)

सम्बन्धित खबर