रौतहट, पुस २ । रौतहटको गरुडा नगरपालिकास्थित बिर्तामा प्रहरी र स्थानीयबीच झडप भएको छ । स्थानीय दुई समूहबीच भएको झगडालाई छुट्टयाउन जाने क्रममा झडप भएको हो ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड हवाइ फायर गरेको छ भने ७ राउन्ड अँश्रु ग्यास प्रहार गरेको छ । अहिले स्थिति नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यलय रौतहटले बताएको छ ।