ए’ डिभिजन लिग : आज एपिएफ र मछिन्द्र तथा च्यासल र मनाङ मस्र्याङ्दी भिड्ने

दियो पोस्ट  

काठमाडौं, पुस ३ ।  शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुई खेल हुदै छन् । आज मङ्गलबार एपिएफ र मछिन्द्र क्लबबीच पहिलो तथा च्यासल युथ क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच दोस्रो खेल हुनेछ ।

हिजो भएको खेलमा सङ्कटा क्लबले फ्रेण्ड्स क्लबलाई पराजित गर्दै उपाधि होडको यात्रालाई कायमै राखेको थियो । खेलमा सङ्कटा क्लबले फ्रेण्ड्स क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अङ्क जोड्यो ।

जीतसँगै सङ्कटाले शीर्ष स्थानको मनाङसँग अङ्क बराबरी गरेको छ । सङ्कटाले नौ खेलबाट २४ अङ्क जोडेको छ । सङ्कटाभन्दा शीर्ष स्थानको मनाङले एक खेल कम खेलेको छ । मनाङको पनि २४ अङ्क नै छ । हारसँगै फ्रेण्ड्स पाँच अङ्कसहित ११ औँ स्थानमा यथावत् छ ।

अर्को खेलमा सरस्वती युथ क्लब र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अङ्क बाँँडेका छन् । एन्फा मैदानमा भएको खेलमा सरस्वती र जावलाखेलले गोलरहित बराबरी खेलेका हुन् ।
बराबरीपछि जावलाखेलले आठ अङ्कक जोड्दै दशौँ स्थानमा छ । सरस्वती १० अङ्कसहित नवौँ स्थानमा छ ।