काठमाडौँ, पुष ३ । सर्वोच्च अदालतको फैसला कार्यन्वयन कार्यलय परिसरमा आगलागी भएको छ । सिंहदरबारको दक्षिणतर्फ रहेको सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसरस्थित जिल्ला अदालत रहेको पुरानो भवनमा आगलागी भएको हो ।
प्रारम्भिक अनुसन्धानबाट विद्युत सर्ट भई भवनको भुँइतलामा आगलागी भएको बताइएको छ । आगलागि केही समय अगाडी नियन्त्रणमा लिइएको छ । आगलागीबाट भएको क्षति विवरणभने आउन बाँकी छ ।