काठमाडौँ, पुष ३ । सिराहाको साविकको रामपुरविर्ता गाविसका २ जना कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्धा दायर भएको छ । सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको भन्दै उनीहरुविरुद्ध झण्डै १० लाख ८४ हजार रुपैयाँ बिगो सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार विरुद्धको मुद्धा दायर भएको हो ।
प्राविधिक सहायक प्रदिप ठाकुरले आफ्नो बुवा र आमाको उमेर बढाएर जेष्ठ नागरिकको सामाजिक सुरक्षाभत्ता केही वर्षदेखि बुझ्दै आएको र ठाकुरले मृतक व्यक्तिको समेत भत्ता निकासा गरी आफैँले लिईरहेको अख्तियारको दाबी छ । ठाकुरले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा ५ सय ४६ वटा भरपाईमा आफैले औंठाछाप लगाई नौ लाख बैसठ्ठी हजार रुपैयाँ पनि आफैँले लिएको खुल्न आएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताएका छन् ।
यस्तै कार्यालय सहयोगी राजकुमार महराले ६६ वटा भरपाईमा आफैले औठाछाप लगाई १ लाख २२ हजा रुपैयाँ बराबरको रकम वितरण गरेको भनि झुठ्ठा भरपाई बनाई सामाजिक सुरक्षा बापतको सरकारी रकम आफैले दिएको अख्तियारको ठहर छ ।