च्यासल युथ क्लबलाई पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब

diyopost.com
Diyo post  मंगलबार, पौष ०३, २०७५ | १६:४७:५३

काठमाडौं । च्यासल युथ क्लबलाई पराजित गर्दै सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब पल्सर सहिद स्मारक ए डिभिजन लिगको उपाधि यात्रामा अघि बढेको छ ।

प्रतियोगिताको नवौँ चरणको खेलसम्म सतप्रतिशत जित निकाल्न सफल मनाङले स्पष्ट ३ अंकको अग्रता कायम गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा मनाङले च्यासललाई ३–१ गोल अन्तरले पराजित ग¥यो । मनाङको जितमा एडेलाजा, ओलावाले अफिज र बिमल रानाले गोल गरे ।

च्यासलका देबेन्द्र तामाङले पेनाल्टीमा एक गोल फर्काए । खेलको १६ औ मिनेटमा एडेलाजाले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाए । अन्जन विष्टले मिलाएको उत्कृष्ट पासमा ओलावाले अफिजले उपलब्ध गराएको बललाई एडेलाजाले पोस्टको दिशा दिए । ७२ औ मिनेटमा अफिजले एकल प्रयासमा गोल गर्दै मनाङलाई २–० को स्थितीमा पु¥याए ।

 

एकल प्रयासमा बल अघि बढाउँदै उनले गरेको शक्तिशाली प्रहार गोलकिपर दिनेशले ठम्याउनै सकेनन् । जारी लिगमा अफिजले गोल संख्या ६ पु¥याएका छन् । खेल सकिन २ मिनट बाँकी छदाँ बिमल रानाले गोल गर्दै मनाङलाई जितको नजिक पु¥याएका थिए । खेलको अन्तिम समयमा च्यासलले पेनाल्टीको अवसर पायो । मनाङका डिफेन्डर मोहमद आसिफले डि बक्सभित्र फल गरेपछि प्राप्त पेनाल्टीमा देबेन्द्र गोल गर्न सफल रहे ।

 

खेल अवधिभर च्यासललाई दबाबमा राखेको मनाङले ५६ औ मिनेटमा गोलको अवसर गुमाएको थियो । विशाल राईको पासमा अन्जन विष्टको प्रहार च्यासलका किपर दिनेशले सहजै बचाएका थिए । ६४ औ मिनेटमा अफिजको प्रहार किपर दिनेश थापाले पन्च गरेर बाहिर फालेका थिए । जितसंगै मनाङले ९ खेलबाट २१ अंक जोडेको छ । च्यासल १३ अंक सहित तालिकाको सातौ स्थानमा यथावत छ ।

सम्बन्धित खबर