मेक्सिकोका राष्ट्रपतिद्वारा एक तिहाई तलब राज्यकोषमा फिर्ता

मेक्सिकोका राष्ट्रपतिद्वारा एक तिहाई तलब राज्यकोषमा फिर्ता

मेक्सिको सिटी, ४ पुस । मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरले आफ्नो तलबको एक तिहाई रकम राज्यकोषमा फिर्ता गरेका छन् ।

यही डिसेम्बर १ तारिखबाट लागू हुनेगरी राज्यकोषबाट आफूले प्राप्त गर्ने तलबको एक तिहाई फिर्ता गर्न लागेको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् । उनले अघिल्लो दुई हप्ताको २९ प्रतिशत तलब फिर्ता समेत गरको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

एक पत्रकार सम्मेलनमा उनले अब आफ्नो मासिक तलब पाँच हजार ३७३ डलर पुगेको र त्यसलाई मितव्ययी भई सदुपयोग गर्ने योजना बनाएको जानकारी दिएका छन्।
उनले सर्वोच्च अदालतका न्यायाधीशसहित सार्वजनिक सेवामा रहेका अन्य उच्च पदाधिकारीलाई पनि आफ्नो तलब सामाजिक सेवामा लगाउन आह्वान गरेका छन् ।

देशको ठूलो कर्मचारीतन्त्रका विषयमा जनताले प्रश्न उठाएकाले त्यसलाई न्यूनीकरण गर्न आवश्यक रहेको पनि उनले बताए ।

Facebook Comments

Trending News