सार्वजनिक यातायातमा चढेर पाकेटमार्ने ७७ जना पक्राउ

Diyo post  

महानगरिय प्रहरी परिसरले सार्वजनिक यातायातमा चढेर पाकेट मार्ने ७७ जनाको गिरोहलाई पक्राउ गरेको छ । २० दिनसम्म गरेको अनुसन्धान र अपरेसनबाट प्रहरीले ७७ जनालाई पक्राउ गर्न सफल भएको छ ।
सादा पोषकमा क्यामेरासहित खटाइएका प्रहरीहरु सवारीमा चढेर पाकेटमारहरुको पहिचान गरेका थिए ।

सार्वजनिक यातायातालाई सुरक्षित बनाउन प्रहरी अभियानकै रुपमा चोरी र पाकेटमारी गर्नेलाई पक्राउ गर्ने अभियान चलाएको हो । पक्राउ परेका सबैलाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर