ए डिभिजन लिगः थ्रिस्टार र त्रिभुवन आर्मीको खेल बराबरिमा सकियो

diyopost.com
Diyo post  बुधबार, पौष ०४, २०७५ | १७:१०:०४

काठमाडौँ, पुष ४ । काठमाडौँमा जारि ए डिभिजन लिग अन्तर्गत त्रिभुवन आर्मी क्लव र थ्रिस्टाबिच भएको खेल बराबरीमा टुंगिएको छ । एन्फा मैदान सातदोबाटोमा बुधबार भएको खेल एकएक गोलको बराबरीमा टुंगिएको हो ।

खेलको ७० औँ मिनटमा थ्रिस्टारका निराजन खड्काले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । तर अन्तिम मिजटमा आर्मीले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । खेलको निर्धारित समय सकिँदासम्म कुनैपनि तर्फबाट गोल नभएपछि बराबरीमा सकिएको थियो ।
१–१ गोलमा खेल सक्किएपनि उपाधीका लागि थ्रीस्टारलाई भने ठुलो धक्का लागेको छ । खेलमा थ्रीस्टारले पाएको अवसरहरुलाई गोलमा परिण गराउन नसक्दा उपाधीयात्रामा वाधा आएको हो ।

३३ औं मिनेटमा आर्मीका सुनिल बलले गरेको उत्कृष्ट प्रहारलाई रञ्जि धिमालले बचाए । ३८ औं मिनेटमा आर्मीका सन्तोषको प्रहार पोष्ट नजिकैबाट बाहिरीयो । त्यसपछि इन्जुरी समयको अन्तिममा आर्मीका टंक बस्नेतको प्रहारले पनि सहि दिशा लिन सकेन । लिगमा पहिलो बराबरी खेलको थ्रिस्टारले २२ अंकका साथ तेस्रो स्थानमा नै छ ।

सम्बन्धित खबर