काठमाडौँ, पुष ५ । एभरेष्ट प्रिमियर लिगको अन्तिम क्वालिफायर खेलमा भैरहवाले टस जितेर फिल्डिङ रोजेको छ । विहान ११ बजेबाट शूरु हुने खेलमा काठमाडौँले पहिले ब्याटिङ गर्ने भएको छ ।
क्वालिफायर चरणको दोस्रो तथा अन्तिम खेलमा दुबै टिम दबाबमा हुनेछन् । दुवैै टिम जितको खोजिमा हुनेछन् । जित्ने टोलीले फाइनलमा ललितपुर प्याट्रियट्स संग खेल्नेछ ।
ललितपुरले पहिलो क्वालिफायरमा काठमाडौंलाई १ विकेटले हराएर फाइनलमा पुगेको हो । ललितपुरसंग पराजित भएपनि काठमाडौंले भने फाइनल प्रवेशको लागि पुनः दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो । र, काठमाडौं भैरहवालाई हराएर फाइनलमा ललितपुरसंग बदला लिन चाहन्छ ।
यता, साविकको उपविजेता समेत रहेको भैरहवाले इलिमिनेटरमा पृथु बास्कोटाको टिम चितवन टाइगर्सलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।
भैरहवा काठमाडौंलाई हराएर फाइनलमा पुग्न चाहन्छ । यस्तै काठमाडौंविरुद्ध भैरहवा लिग चरणमा व्यहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ ।