चर्चित र्यापमा करिष्माको नयाँ अन्दाज, ‘इको नी लाग्यो, एकाउन्ट नी लाग्यो…। ’(भिडियोसहित)

चर्चित र्यापमा करिष्माको नयाँ अन्दाज,   ‘इको नी लाग्यो, एकाउन्ट नी लाग्यो…। ’(भिडियोसहित)

काठमाडौं, ६ पुस । नेपाल आइडलको अडिसनमा ‘इको नी लाग्यो अकाउन्ट नी लाग्यो, अरु त अरु त्यो इंग्लिस नी लाग्यो’ बोलको र्याप गाएर चर्चामा आएकी कैलाली अत्तरियाकी करिष्मा विष्टले यसैलाई अन्दाजमा ल्याएकी छिन् ।

अडिसनमा गाएको गीतमा थोरै हेरफेर गर्दै करिष्माको यो चर्चित र्याप बजारमा आएको हो । नेपाल आइडलको स्टुडियोमा छायांकन गरिएको गीतमा करिष्मा स्वयंले आवाजसँगै अभिनय पनि गरेकी छिन् ।

अडिसनमा कुर्ता सलवारमा र्याप प्रस्तुत गरेकी करिष्माको अन्दाज अहिले रेकर्ड गराइएको गीतमा भने पूरै फेरिएको छ । सामान्यतया केटाहरुले मात्रै र्याप गाउँने गरेकोमा पश्चिम नेपालकी एउटी केटीले र्याप गाएर र्याप सबैको हो भन्ने सन्देश दिएपछि करिष्माले निक्कै चर्चा बटुलेकी थिइन् ।

यही र्यापका कारण उनी नेपाल आइडलको ६० जनाभित्र पर्न सफल भएकी थिइन् । सामान्य परिवारबाट आएकी उनलाई यही र्यापले चर्चाको शिखरमा पुर्याएको हो ।

करिष्माको नयाँ अन्दाज भएको यो भिडियो नेपाल आइडलले हिजोको एपिसोडमा देखाएको थियो । १३ घण्टामा यो भिडियो ७० हजार बढीले हेरिसकेका छन् ।

० Comments




Trending News