काठमाडौँ, पुष ६ ।नेपालको अग्रणी इन्टरनेट र टि.भी. सेवा प्रदायक भायनेट कम्युनिकेसनले संचार र टेक्नोलोजीको क्षेत्रमा विश्व प्रख्यात नोकियासँग साझेदारीको घोषणा गरेको छ । नोकियासँग साझेदारीको घोषणा पछि भायनेटले २०१९ सम्ममा नेपालभर फैलिएका आफ्ना २,००,००० भन्दा बढी ग्राहकहरुका लागि अल्ट्रा–ब्रोडब्याण्डको माध्यमबाट फाइबर–टू–द–होम (FTTH)जडान गर्ने भएको छ ।
“अल्ट्रा–ब्रोडबाण्ड” एउटा इन्टरनेट सेवा हो जसले हरेक उपभोक्तालाई १०० एमबिपिएस भन्दा बढीको स्पिड प्रदान गर्दछ । यस साझेदारी मार्फत प्रति उपभोक्ताका लागि २.५ जिबिपिएस सम्मको नेटवर्क निमार्ण गर्न सकिने भायनेटले दाबी गरेको छ ।
यस नेटवर्क मार्फत ग्राहकहरुले इन्टरनेटको बढ्दो माग भएको एप्लिकेसन जस्तै अल्ट्रा–हाई डेफिनेसन (4K)भिडियो, IPTV, अनलाइन भिडियो स्ट्रिमिङ्ग, भर्चुअल रियालिटी र इन्टरनेट योग्य विभिन्न डिभाइसहरु सहजरुपमा र बिना रुकावट प्रयोग गर्न सक्नेछन् । नेपालमा बढ्दो इन्टरनेटको मागलाई मध्यनजर गर्दै भायनेटले आफ्ना उपभोक्ताहरुलाई सर्वोत्कृष्ट र गुणस्तरीय सेवा प्रदान गर्नको लागि यो कदम अपनाएको हो ।
नोकियाले आफ्नो नयाँ अप्टिकल नेटवर्क टर्मिनल (ONT) डिभाइस अर्थात WIFI राउटर र अप्टिकल लाइन टर्मिनल (ONT) डिभाइस भायनेटलाई प्रदान गर्नेछ । उन्नत विश्वस्तरीय पूर्वाधारका साथै नवीनतम डिभाइसहरु मार्फत भायनेटले हालको भन्दा फरक, उच्चस्तरीय र लागत प्रभावकारी अल्ट्रा–ब्रोडब्याण्ड सेवा प्रदान गर्नेछ जसले गर्दा नयाँ तथा हालका ग्राहकहरुले प्रभावकारी नेटवर्कको अनुभव गर्न सक्नेछन् ।
नेपालभर आफ्नो सेवा विस्तार गर्ने लक्ष्य राखेको भायनेटले यही पुष २ गतेबाट पोखरामा आफ्नो नयाँ शाखा खोलेको छ । नेपालको १० भन्दा बढी जिल्लाहरुमा १८ भन्दा बढी ग्राहक सेवा केन्द्र रहेको भायनेटले अर्को वर्षसम्म ४ वटा अन्य जिल्लाहरुमा आफ्नो सेवा विस्तार गर्नेछ । यसका साथै सुदुरपश्चिम (प्रदेश ७) मा FTTH नेटवर्क निर्माण गरेवापत नेपाल सरकार र नेपाल दूरसंचार प्राधिकरणले अवार्डद्वारा भायनेटलाई सम्मानित समेत गरेको थियो । कम्पनीले देशको सबै शहरी र अर्ध–शहरी क्षेत्रहरुको ग्रामीण निकायका सबै प्रमुख बस्तीहरुमा छिटो, विश्वसनीय र किफायती इन्टरनेट र आईपीटिभी सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।
विगत १९ वर्षदेखि भायनेटले विश्वसनीय र बजेट किफायती ब्रोड–ब्याण्ड सेवा प्रदान गर्दै आएको छ । सन् २०११ मा भायनेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक्स सेवा अर्थात FTTH इन्टरनेट सेवा सुचारु गरेको थियो । सन् २०१६ मा भायनेटले आफ्नो ग्राहकहरुलाई उच्चस्तरीय टि.भी. सेवा प्रदान गर्नको निमित्त ५५ ज्म् च्यानल सहित १९० वटा च्यानल भएको NETTV सँग साझेदारी गरेको थियो ।
आजको समयमा भायनेट सन्तुष्ट ग्राहकहरु भएको र उत्कृष्ट सेवा प्रदान गर्ने इन्टरनेट प्रदायकको रुपमा चिनिन्छ । १५० भन्दा बढी कर्मचारी रहेको कल सेन्टर मार्फत भायनेटले ३६५ दिन नै २४ सैं घण्टा ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । सेवा प्रदान गर्ने उद्देश्य बोकेको भायनेटले ग्राहकहरुको सहजताका लागि सेल्फ–सर्भिस क्लाइन्ट–कष्टुमर पोर्टल र कष्टुमर मोबाइल एप् प्रदान गर्दै आएको छ । यस अन्तर्गत ग्राहकहरुले सजिलैसँग इन्टरनेट सेवाको प्रबंधन, निगरानी र सर्पोट सेवा प्राप्त गर्न सक्नुहुनेछ । हाल उपलब्ध भायनेटको योजना मार्फत वार्षिक ग्राहकहरुले इन्टरनेटको प्लानमा १ वर्षको नेट टि.भी. र नेट टि.भी. सेट–टप–बक्स निःशुल्कनिःशुल्क प्राप्त गर्न सकिन्छ ।