अग्रज पत्रकार नकूल काजीको अभिनन्दन

Diyo post  

बनियानी, पुस ७ । झापाका अग्रज पत्रकार नकूल काजीलाई आज अभिनन्दन गरिएको छ ।

भद्रपुर नगरपालिकाको वडा नं ५ वडा समितिले आयोजना गरेको ‘रिभर साइडबीच भलिबल’ प्रतियोगिताको समापन कार्यक्रममा अग्रज पत्रकार काजीलाई अभिनन्दन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य ओमप्रकाश सरावगीले अग्रज पत्रकार काजीलाई अभिनन्दपत्रसहित नगद रू पाँच हजार हस्तान्तरण गर्नुभयो ।

कूल १९ साहित्यिक कृतिका सर्जक ७५ वर्षीय काजी आधा शताब्दीदेखि निरन्तर पत्रकारिता पेशामा क्रियाशील छन् ।

कार्यक्रममा पूर्व फूटबल खेलाडी दिलीप भूइँमाली र नेपाल पुलिस क्लबका भलिबल प्रशिक्षक सरोज श्रेष्ठलाई पनि नगदसहित सम्मान गरिएको छ । (रासस)

सम्बन्धित खबर